उम्मेदवारी दर्ता गरेपछि जनप्रतिनिधिको पद स्वतः गुम्ने

काठमाडौं । निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिहरूले आगामी निर्वाचनमा उम्मेदवारी दिँदा पदबाट पहिले नै राजीनामा दिनु नपर्ने स्पष्ट पारेको छ। तर, उम्मेदवारी मनोनयन दर्ता हुनासाथ उनीहरूको पद भने स्वतः खारेज हुनेछ।

आयोगले जारी गरेको सूचना अनुसार संघीय संसद्, प्रदेश सभा वा स्थानीय तह (गाउँ र नगर सभा) मा बहाल रहेका व्यक्तिहरूले प्रतिनिधिसभा वा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेको क्षणबाटै पुरानो पद रिक्त भएको मानिनेछ। यसअघि उम्मेदवारी दिनुअघि नै राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने अन्योललाई आयोगको यो निर्णयले चिरेको छ।

आयोगका अनुसार यो नियम प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा लागू हुनेछ। समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भई दर्ता हुनासाथ पनि सम्बन्धित जनप्रतिनिधिको साविकको पद स्वतः गुम्नेछ। यदि कुनै जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिएमा त्यो केवल औपचारिकता मात्र हुने आयोगको भनाइ छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।