झापाको कमलमा सर्पको टोकाइबाट एक जनाको मृत्यु
झापा । झापाको कमल गाउँपालिका–६ सोनापुरका ३७ वर्षीय बुद्धि कुमार राजवंशीको सर्प दंशबाट मृत्यु भएको हो।
घरको ट्वाइलेट जाने क्रममा सर्पले टोकेपछि उनलाई दमकस्थित नेपाल रेडक्रस उपशाखा हुँदै विराटनगरको कोशी अस्पताल पुर्याइएको थियो।
चिकित्सकले जाँचका क्रममा मृत घोषणा गरेका हुन्।


