तीन तोलाको औंठी लुट्न ८३ वर्षीय इलामका वृद्धको हत्या

काठमाडौ । तीन तोलाको सुनको औठी लुट्न ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । इलाम सुर्योदय घर भएका वयोवृद्ध गर्जमान थापाको हत्यामा सुनको औंठी लुट्ने नियत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ललितपुर महानरपालिका-१७ प्रसिद्ध टोल बस्ने गर्जमान २६ पुस दिउँसो २ बजेतिर हराएका थिए । गर्जमान हराएपछि उनका आफन्तले दिउँसोभर टोल वरपर खोजबिन गरे । तर फेला परेनन् ।

गर्जमान फेला नपरेपछि साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा आफन्तले उजुरी दिए । आफन्तले बेपत्ता गर्जमानको खोजी गरिदिन उजुरी दिएको दुई दिनपछि सातदोबाटो प्रहरीले उनको अवस्था पत्ता लगायो । गहुँगोरो वर्णका अन्दाजी ४ फिट अग्ला गर्जमान बेपत्ता हुने बेलामा नर्थफेस लेखेको कालो रङको ज्याकेट र कालै रङको जिन्सको पाइन्ट, कालो रङको जुत्ता र क्रिम रङको टोपी लगाएका थिए ।

आफू बस्ने ठाउँबाट करिब ८०० मिटर उत्तरपूर्वमा पर्ने वृत्त सातदोबाटोबाट वृद्धबारे दुई दिनसम्म केही खबर आएन । तर आज तेस्रो दिन भने हत्या गरेर फालिएको अवस्थामा ती वृद्धको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए । वृद्ध बस्ने ठाउँ नजिकैको एक इनार भित्र सेतो बोराको पोको देखियो । ठूलो, शंकास्पद पोको फेला परेको थियो । प्रहरीले सोमबार इनारबाट उक्त बोराको पोको बाहिर निकालेर हेर्दा २६ पुसमा हराएका वृद्ध गर्जमान रहेको एसएसपी बोगटीले भने ।

बोरामा प्याक गरेर इनारमा शव फालेको भेटिएपछि प्रारम्भिक अनुसन्धानमै ती वृद्धको हत्या भएको देखिएको छ । हत्याको निष्कर्ष निकाल्दै अनुसन्धान गरेको प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पाबिहार घर भएका २३ वर्षीय सदधाम मन्सुर छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको शाखा कार्यालय ललितपुर र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

मन्सुरसँगै युसुफ अन्सारी र मोहमद नोमानलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।ती वृद्ध मन्सुर काम गर्ने कारखाना नजिकै बस्थे । कारखानामा जाने-आउने भएकाले उनीहरूबीच चिनजान थियो । सधैंजसो २६ पुसमा पनि ती वृद्ध कारखानमा पुगेका थिए । त्यही मौकामा मन्सुरले हत्या गरेको देखिएको प्रहरीले बताएको छ । हत्यापछि शवको हातखुट्टा बाँधेर बोरामा प्याक गरी इनारमा फालिएको थियो । वृद्धको सुनको औंठीसमेत प्रहरीले बरामद गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।