लेटाङ रनको तयारी तीव्र, धावकलाई भेस्ट–कार्ड वितरण

लेटाङ,२९ पुस। ‘स्वास्थ्यका लागि दौड’ नारासहित माघ १ गते आयोजना हुने लेटाङ रनको तयारी तीव्र बनेको छ। सोही क्रममा श्री महाभारत सामुदायिक वनको अगुवाइमा लेटाङ नगरपालिका–६ गुवाबारीबाट सहभागी हुने धावकहरूलाई भेस्ट तथा कार्ड वितरण गरिएको छ।

कार्यक्रममा पूर्व अध्यक्ष योग्य खजुम, भुवानी माखिम, समाजसेवी किशोर राईलगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले लेटाङ रनले स्वास्थ्य सचेतना, खेलकुद विकास र युवालाई सकारात्मक दिशामा प्रेरित गर्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार प्रतियोगिता चार विधामा सञ्चालन हुनेछ। केही विधामा स्थानीय धावक तथा कक्षा ८ सम्मका विद्यार्थीलाई प्राथमिकता दिइनेछ भने अन्य विधामा स्वदेश–विदेशका धावक खुला रूपमा सहभागी हुन सक्नेछन्।

दौड ३ किमी र १० किमी दूरीमा हुनेछ। प्रत्येक विधाका उत्कृष्ट धावकलाई पुरस्कार तथा सबै सहभागीलाई मेडल र जुस प्रदान गरिनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।