कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज राती ९ बजे मतदान हुने भएको छ । निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आज राती ९ बजेदेखि मतदान सुरु हुने जनाएको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ । मतदाता नामावलीउपरको दाबी विरोध र छलफल साढे १ बजेसम्मका लागि तोकिएको छ । दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

यस्तै उम्मेदवारीतर्फ दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ता हुनेछ । साढे ४ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ । ५ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्न पाइनेछ । छानबिन र उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले मनोनयन फिर्ता गर्ने समय साढे ८ बजेसम्म हुनेछ । साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।