धरानमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु
धरान । धरान उपमहानगरपालिका–११ स्थित पुण्यमार्गमा खुकुरी प्रहारबाट एक पुरुषको मृत्यु भएको छ।
खुकुरी प्रहारबाट धरान -११ का ३५ वर्षीय रुपक राईको मृत्यु भएको ईलाका प्रहरी कार्यलय धरानमा डिएसपी भीषणबाबू राईले जानकारी दिए ! उनका अनुसार आज साँझ करिब ६ः३० बजेको समयमा राई उनको घरमा नै खुकुरी प्रहार गरि घटनास्थलमै मृत अवस्थामा फेला परेको थियो।
मृतकको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
घटनाको आवश्यक अनुसन्धानका लागि मृतककै मामाको छोरा ३३ वर्षीय रविन राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


