नेपाल एसबिआई बैंकको सिन्धुली शाखामा लुटपाट

सिन्धुली । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखामा मंगलबार साँझ सशस्त्र समूहले योजनाबद्ध ढंगले लुटपाट गरेको छ। गाउँपालिकाको भवनमै रहेको बैंकमा बेलुकी करिब ६ः३० बजे लुटेराहरू प्रवेश गरेका थिए। बैंकको मुख्य गेट बन्द रहे पनि पछाडिपट्टिको आवतजावतका लागि प्रयोग हुने ढोकाबाट उनीहरू भित्र छिरेका थिए।

बैंकमा प्रवेश गर्नासाथ लुटेराहरूले सुरक्षागार्डमाथि आक्रमण गरे। गार्डले रोक्न खोज्दा उनको हात काटिएको र पेस्तोल तथा खुकुरी देखाएर तर्साइएको थियो। त्यसपछि गार्डको मुख बाँधेर एक ठाउँमा राखिएको थियो। सोही भवनको माथिल्लो तलामा बस्दै आएका बैंकका कर्मचारीहरूकहाँ केही लुटेरा पुगेर उनीहरूलाई डोरीले बाँधेका थिए, मुख थुनिदिएका थिए र नबोल्न चेतावनी दिएका थिए। त्यसपछि बैंकको पैसा राखिएको कोठाको चाबी मागेर ढोका खोलाई पैसा निकालिएको थियो।

लुटेराहरूले केही मिनेटमै बोरामा पैसा पोको पारेर भागेका थिए। उनीहरू फरार भएपछि करिब ६ः४५ बजेतिर बैंकका कर्मचारीहरूले प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी दिएका थिए। खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो र कर्मचारीहरूको उद्धार गर्दै प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। सोही समयमा गाउँमा बैंक लुटिएको खबर फैलिएपछि स्थानीय बासिन्दाहरूले हल्लाखल्ला गर्दै प्रहरीलाई सहयोग गरेका थिए।

प्रहरीको पिछा भएको थाहा पाएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थल नजिकै छाडेर जंगलतर्फ भागेका थिए। भाग्ने क्रममा उनीहरूले बोकेका पैसाका केही बोरा र नोटका बिटा जंगल र बाटोमा फाल्दै फरार भएका थिए। एक बोरा पैसा त गाडीमै छोडिएको अवस्थामा फेला परेको थियो भने अन्य केही पैसा विभिन्न स्थानबाट बरामद गरिएको छ। स्थानीय बासिन्दाहरूले फेला पारेको पैसा प्रहरीलाई बुझाइसकेका छन्।

प्रहरीले बैंक लुटमा प्रयोग गरिएको गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक बयानमा चालकले लुटेराहरूले “केटी भगाउने” बहानामा गाडी रिजर्भ गरेको र पछि पैसाका बोरा लोड गरेर गाडी चलाउन भनेको बताएका छन्। उनका अनुसार केही अगाडि पुगेपछि मात्र बैंक लुटिएको थाहा भएको र प्रहरी पिछा गरेको देखेपछि लुटेराहरूले गाडी रोक्न लगाएर भागेका थिए।

रात परिसक्दासम्म पनि प्रहरीले खोजी अभियान जारी राखेको छ। भाग्ने क्रममा जंगलमा फालिएका केही नोट फेला परे पनि केही अझै फेला नपरेको जनाइएको छ। बैंकका कर्मचारीहरूलाई सुरक्षाका लागि सुरक्षित स्थानमा राखिएको छ। घटनाबारे बैंकको केन्द्रीय कार्यालयलाई जानकारी दिइसकिएको छ भने नेपाल राष्ट्र बैंकले पनि घटनाप्रति चासो राख्दै आवश्यक विवरण मागेको छ। प्रहरीले लुटेराहरूको पहिचान र पक्राउका लागि थप अनुसन्धान तीव्र पारेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।