धनकुटाको साँगुरीगढी–७ गोलखाडीमा श्रम संस्कृति पार्टीको समिति गठन

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ७ गोलखाडीमा पौष २९ गते मंगलवार श्रम संस्कृति पार्टीको समिति गठन गरिएको छ। स्थानीय राजनीतिक सक्रियता बढ्दो क्रममा रहेको यस क्षेत्रमा पार्टी संगठन विस्तारको उद्देश्यसहित समिति गठन गरिएको हो।

सुनसरीको धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) को विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा साँगुरीगढी गाउँपालिका वडा नं. ६, ७ र ८ का स्थानीयहरूको सहभागिता रहेको थियो।

समिति गठन कार्यक्रममा बोल्दै नगर प्रमुख साम्पाङले श्रम, इमान्दारिता र आत्मनिर्भरतालाई राजनीतिक संस्कृतिको मूल आधार बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो चुनाव चिन्ह माटो हो। माटो भनेको श्रम, जीवन र पहिचान हो। सबै दाजुभाइ तथा दिदीबहिनीहरू माटोमा मिलेर भोट हालौँ, देश विकासमा अघि बढौँ।”

उहाँले परम्परागत राजनीतिबाट फरक ढंगले श्रमलाई सम्मान गर्ने राजनीतिक अभ्यास आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहबाटै विकासको नयाँ मोडेल निर्माण गर्न सकिने बताउनुभयो। श्रम संस्कृति पार्टी श्रमिक, किसान, युवाहरू र उत्पादनशील वर्गको हकहितका लागि राजनीति गर्ने उद्देश्यसहित अघि बढिरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा सहभागी स्थानीयहरूले श्रम र इमान्दारीतामा आधारित राजनीति अहिलेको आवश्यकता भएको बताउँदै पार्टीको अभियानलाई गाउँस्तरमै सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।