यसकारण नहुने भयो कांग्रेसको विशेष महाधिवेशनमा मतदान

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको मनोनयन दर्ताको काम सकिएको छ । निर्वाचन समितिले अब उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।

सभापति पदमा लागि महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । विधानअनुसार महामन्त्री २ जना नै हुन्छन् । अन्य पदहरुमा कसले उम्मेदवारी गरा एभन्ने निर्वाचन समितिले खुलासा गर्न बाँकी छ ।

विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको क्रममै सकेसम्म मतदान गर्न नपरोस् भन्ने हिसाबले मनोनयन दर्ता गरिएको स्रोतले बतायो । स्रोतका अनुसार महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्व सर्वसम्मतिकै आधारमा निर्विरोध चयन गर्ने प्रयास भइरहेको छ ।

यदि कुनै पदमा विधानमा निर्धारित संख्याभन्दा धेरै जनाको उम्मेदवारी परेमा सहमतिमै फिर्ता लिएर निर्विरोध बनाउन खोजिएको छ । यसका लागि मनोनयन दर्ताकै क्रममा उम्मेदवारलाई ‘आवश्यक परे उम्मेदवारी फिर्ता लिन तयार छु’ भन्ने व्यहोराको फाराममा हस्ताक्षर गराइएको छ ।

कुनै पनि पदमा आवश्यकभन्दा बढी उम्मेदवारी परेमा हलले सहमति गर्ने म्याण्डेट दिने र सोही म्यान्डेटका आधारमा उम्मेदवारले आपसी सहमतिमा बढी भएका उम्मेदवारी फिर्ता लिइ सर्वसहमतिमा नेतृत्व चयनको व्यवस्था गर्ने स्रोतले जानकारी दिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।