धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम भोलि माघे संक्रांतिको विदाको दिन पनि खुल्ला रहने
धनकुटा,३० पुष । धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम भोलि माघे संक्रांतिको विदाको दिन पनि खुल्ला रहने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गत पुस २५ गते देखि माघ १ गते सम्म प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को सुरक्षार्थ निर्वाचन प्रहरीको दरखास्त फारम दर्ता भई रहेको छ ।


