मोरङको लेटाङ स्थित समला पुग्ने सडक ढिलाइ हुँदा पर्यटकलाई सास्ती

मोरङ । मोरङको लेटाङ नगरपालिका वडा नं. ७ मा अवस्थित समला क्षेत्र पछिल्लो समय महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै गएको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र सम्भावनाका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

समलामा पुग्न लेटाङ र जाँते दुवै स्थानबाट सडक पहुँच भए पनि हाल निर्माणाधीन कालोपत्रे सडक अत्यन्तै ढिलाइका साथ अगाडि बढिरहेका छन् । लेटाङ–समला र जाँते–समला दुवै सडक समयमै सम्पन्न नहुँदा पर्यटकहरूलाई आवागमनमा समस्या भइरहेको स्थानीयको गुनासो छ ।

पर्यटन प्रवर्द्धनका लागि सडक पूर्वाधार नै प्रमुख आधार भएकाले सम्बन्धित निकायले निर्माण कार्यलाई तीव्रता दिँदै छिटो निकास दिनुपर्ने आवश्यकता देखिएको छ । समयमै सडक सम्पन्न भए समला क्षेत्रको पर्यटन विकासले थप गति लिने अपेक्षा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।