झापामा बस र बुलेरो आपसमा ठोक्किँदा १२ जना भन्दा बढी यात्रु घाइते
झापा । झापाको कनकाई–सुरुङ्गा क्षेत्रमा बस र बुलेरो गाडी आपसमा ठोक्किँदा भएको दुर्घटनामा १२ जनाभन्दा बढी यात्रु घाइते भएका छन्।
घाइतेमध्ये केही यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।


