झापाको कनकाईमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु,एक दर्जनभन्दा बढी घाइते

झापा । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–३ नयाँबस्तीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्।

मिति २०८२ साल १० महिनाको ०१ गते बिहान करिब ९:३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप (मालबाहक) गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा पिकअप गाडीमा सवार यात्रुहरू घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल तथा बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ।

बी एण्ड सी अस्पतालमा उपचारका क्रममा झापा भद्रपुर नगरपालिका निवासी १ वर्ष ६ महिनाकी आरुति राजवंशीको बिहान १०:१५ बजे चिकित्सकले मृत्यु घोषणा गरेका थिए। यस्तै, बिर्तासिटी अस्पतालमा उपचाररत भद्रपुर नगरपालिका–४ निवासी ४० वर्षीया सुस्मा राजवंशीको उपचारकै क्रममा बिहान ११:३० बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनामा अन्य घाइतेहरूको टाउको, हात, खुट्टा, छाती लगायतका भागमा चोट लागेको छ। केहीको अवस्था सामान्य रहेको भए पनि केहीको अवस्था मध्यम तथा गम्भीर रहेको जनाइएको छ।

पिकअप चालक झापा बिर्तामोड नगरपालिका–६ निवासी ३९ वर्षीय जाकिर हुसेन रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन पनि प्रहरीको नियन्त्रणमा रहेका छन्। बस चालक भने घटनापछि फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।