झापाको कनकाईमा पिकअप गाडी र बस ठोक्किदा आमा-छोराको मृत्यु, ११ जना घाइते

झापा । झापाको कनकाईमा पिकअप गाडी र बस ठोक्किदा आमा र छोराको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ८ की ४० वर्षीया सुस्मा राजवंशी र उनकी डेढ वर्षीय बालक आरुती राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका -३ स्थित नयाँ बस्तीमा बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप गाडी र माईधारबाट बिर्तामोडतर्फ आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो ।

घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । माघ १ गते माघे संक्रान्तिको अवसरमा माई नदीमा ठुलो मेला लाग्ने गरेको छ । उक्त पिकअप गाडीमा माई मेला गएर फर्किएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।