धनकुटाको सांगुरीगढी स्थित गोलखाडी माबिद्वारा स्वर्ण पदक विजेता विद्यार्थी खेलाडीलाई सम्मान

धनकुटा,१८ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका ७ मा रहेको गोलखाडी माध्यमिक विद्यालयले पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता विद्यार्थी खेलाडी तथा प्रतियोगितामा सहभागि विद्यार्थी लाई सम्मान गरेको छ ।

विद्यालयले आज एक कार्यक्रमको अयोजना गर्दै माघ १५ र १६ गते संचालन भएको पालिका स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगितामा तीन हजार मिटर एथ्लेटिक्स तर्फ स्वर्ण पदक विजेता छात्रा कृष्टिना राई, आठ सय मिटर तर्फ स्वर्ण पदक विजेता छात्रा सन्चिता वि.क र हाइजम तर्फ स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा रन्जना राईलाई विद्यालयको तर्फबाट सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक खेलबहादुर इवाहाङ्गले जानकारी दिनु भयो ।

प्रतियोगितामा सहभागि सबै खेलाडी लाई समेत विद्यालयको तर्फ बाट सम्मान गरिएको र आगामी दिनमा अझै राम्रो र स्तरिय खेल प्रदर्शनका लागि शुभकाना समेत दिएको विद्यालयका खेलकुद इन्चार्ज शिक्षक वीरबहादुर राईले बताउँनु भयो ।

विद्यालयले यस पटक भने तीन खेलमा स्वर्ण पदक प्राप्त गरेको र पालिका स्तरमा समेत चौथो स्थान हासिल गर्न सफल भएको शिक्षक राईले जानकारी दिनु भयो । सम्मान कार्यक्रममा शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।