अमेरिकी प्रहरीमा कार्यरत तामाङको गोली लागेर मृत्यु
अमेरिका । १० वर्षअघि अमेरिका पुगेका प्रदीप तामाङको गोली लागी मृत्यु भएको छ । अमेरिकाको जर्जियामा स्थानीय प्रहरी अधिकृत पदमा कार्यरत तामाङको ग्विनेट काउन्टीमा स्टोन माउन्टेन क्षेत्रको एक होटलमा भएको गोलीकाण्डमा मृत्यु भएको जनाइएको छ ।
काउन्टी प्रहरी विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार, आइतबार बिहान करिब ७ः३० बजे होटलमा भएको ठगीसम्बन्धी उजुरीको जवाफ दिन तामाङ र उनका सहकर्मी एमपीओ डेभिड रिड ‘होलिडे इन एक्सप्रेस’ होटल पुगेका थिए।
त्यसबेला छलफलकै क्रममा ३५ वर्षीय केभिन एन्ड्रयूजले बन्दुक निकालेर गो*ली चलाएका थिए। त्यसक्रममा भएको गोली हानाहानमा तामाङ घ*टनास्थलमै वी*रगति प्राप्त गर्न पुगे।
२५ वर्षीय प्रदीप तामाङ सन् २०२५ देखि सो काउन्टी प्रहरी विभागमा कार्यरत थिए।


