पर्बत समाज यूएईमा भुसाल सहित सर्बसम्मत नेतृत्व चयन

सचिन्द्र श्रेष्ठ,युएई । पर्वत समाज यूएईको अध्यक्षमा सर्बसम्मत पूर्ण भुसाल निर्वाचित भएका छन ।यूएईमा सक्रिय पर्बत समाज यूएईले आफ्नो साँतौ अधिवेशन‌ दुबईमा रहेको जयाज किचन रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ।

आईतबार १ ,फेब्रुअरीमा सम्पन्न भएको पर्वत समाज यूएईको अधिवेशनले अध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो । निर्वाचित कार्यसमितिको वरिष्ठ-उपाध्यक्षमा हरी प्रसाद शर्मा, प्रथम उपाध्यक्ष किशन पुलामि मगर सहित चार जना उपाध्यक्ष र महिला उपाध्यक्षमा रुपमा कुमारी अधिकारी निर्वाचित भएका छन ।

सो अधिवेशनबाट महासचिवमा जीब नाथ शर्मा, सचिवमा रमेश तिवारी र संजिब अधिकारी निर्वाचित भएका छन भने कोषध्यक्षमा नबीन थापा र सह कोषाध्यक्षमा नारायण अधिकारी निर्वाचित भए, त्यसैगरि यस पटक देखि पालिका स्तरीय संयोजक समेत चयन गर्दै ५१ सदस्यहरू निर्वाचित भएका छन ।

उक्त अधिवेशनको उदधाटन गर्दै उप–महावाणिज्य दूत, नेपाली महावाणिज्य दूतावास, दुबई, युएईका कृष्ण प्रसाद चापागाईंले आफू जन्मेको ठाऊ र समाजका लागि आफूहरू विश्वको जुनसुकै मूलकमा रहेपनि आफ़नो सिप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनु पर्नेमा सम्पुर्ण पर्बतेलीले बिशेष जोड दिनु पर्ने बताए ।

अधिबेशन कार्यक्रममा पर्बत बाट रोजगारीको सिलसिलामा आएका एक जना घाइतेलाई समाज देखि आर्थिक सहयोग समेत हस्तांतरण गरिएको थियो।

त्यसैगरी, विशिष्ट अतिथि पर्बत समाज युएईका संरक्षक श्री मोहन शर्मा ,आजीवन सदस्यहरू तथा साधारण सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो।

अधिबेशनमा एनआरएन यूएई, नेपाली समाज यूएई,स्याङ्गजा समाज यूएई, मोना यूएई लगायतका संघ संस्थाले नव निर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना मन्तब्य दिएका थिए ।

पर्बत समाज युएईलाई यहाँ सम्म आइपुग्न नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुने निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूले पुर्‍याउनु भएको योगदान, सेवा र समर्पणको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेको थियो।

समाजका अध्यक्ष तिलक सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सन् २०१३ देखि मणि भुर्तेलको संयोजकत्वमा पर्बत समाज यूएई गठन भएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।