श्रम संस्कृति पार्टीको सूर्योदय नगरपालिका ९ मा वडा कमिटी गठन
इलाम । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आसन्न फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ।
यसैबीच इलामको सूर्योदय नगरपालिका वडा नम्बर ९ मा धनराज राईको नेतृत्वमा उक्त पार्टीको वडा कमिटी गठन भएको छ। श्रम संस्कृति पार्टीको इलाम क्षेत्र नम्बर १ को उम्मेदवार विनोद नेम्वाङको उपस्थितिमा भएको कार्यक्रममा २१ सदस्य वडा कमिटीको उपाध्यक्षमा खड्ग राराहाङ राई रहनुभएको छ।
श्रम संस्कृति पार्टी सूर्योदय नगर संयोजक डुप छिरिङ काजी लगायत उक्त पार्टीका नेताहरूको उपस्थितिमा भएको कार्यक्रममा नेम्वाङले आफ्नो उम्मेदवारी श्रम संस्कृति पार्टीको अवधारणा लगायतको बारेमा प्रष्ट पार्नुभएको थियो।


