नेपाली कांग्रेसका झापा जिल्ला सदस्य कार्कीद्वारा पार्टी छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध
झापा । नेपाली कांग्रेसका झापा जिल्ला सदस्य बलराम कार्कीले पार्टी छाड्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेद्वारहरू मतदातासम्म पुग्ने क्रम तीव्र भइरहेका बेला झापामा एमाले र कांग्रेसका विभिन्न नेताहरूले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने क्रम बढ्दो देखिएको छ।


