निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस धनकुटाको कडा आपत्ति

धनकुटा । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा धनकुटामा निर्वाचन प्रचार–प्रसारका क्रममा नेकपा एमाले धनकुटा, नेकपा एमालेका उम्मेदवार राजेन्द्र कुमार राई तथा नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचन आचारसंहिता बारम्बार उल्लंघन गरिरहेको भन्दै नेपाली कांग्रेस धनकुटाले गम्भीर आपत्ति जनाएको छ।

नेपाली कांग्रेस धनकुटाका निर्वाचन मूल प्रचार–प्रसार समिति संयोजक विजय सन्तोषी राईद्वारा हस्ताक्षरित तथा जिल्ला कार्यसमिति धनकुटाबाट जारी गरिएको प्रेस विज्ञप्तिमा हारको मानसिकताबाट ग्रसित भई अतालिएर निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले आचारसंहिता विपरीतका गतिविधि भइरहेको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार नेकपा एमालेका उम्मेदवार र जनप्रतिनिधिहरूले मतदातालाई नगद बाँड्ने, साउण्ड सिस्टम, लत्ताकपडा लगायतका भौतिक सामग्री वितरण गर्ने, बाजागाजा सहित भोट माग्ने क्रममा नगद बाँड्ने तथा गाडी र अन्य सवारीसाधनहरूमा पार्टीका झण्डा र निर्वाचन चिन्ह राखी प्रचार–प्रसार गर्ने जस्ता गतिविधि व्यापक रूपमा गरिरहेका छन्, जुन स्पष्ट रूपमा निर्वाचन आचारसंहिता विपरीत भएको कांग्रेसको ठहर छ।

नेपाली कांग्रेस धनकुटाले यस विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटा, जिल्ला प्रशासन कार्यालय धनकुटा तथा जिल्ला निर्वाचन कार्यालय धनकुटा लगायत सम्बन्धित निकायहरूमा उजुरी दर्ता गरिसकेको जनाएको छ। विज्ञप्तिमा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईको उम्मेदवारी खारेजी तथा आचारसंहिता उल्लंघनकर्तामाथि कडा कारबाहीको माग गरिएको छ।

सम्बन्धित निकायहरूले आचारसंहिता उल्लंघन गर्नेहरूमाथि तत्काल कारबाही नगरेमा जनस्तर तथा पार्टी पंक्तिबाट सशक्त प्रतिरोध गरिने चेतावनी पनि कांग्रेसले दिएको छ।

यसैबीच, २०८२ भाद्र २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनपछिको परिवर्तित राजनीतिक सन्दर्भलाई आत्मसात गर्दै नेपाली कांग्रेसले नीति र नेतृत्वमा परिवर्तनसहित आफूलाई समयअनुकूल रूपान्तरण गरेको दाबी गरेको छ। पार्टीले युवा नेता तथा सभापति गगन कुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको उल्लेख गर्दै धनकुटालाई समृद्ध र सम्मानित बनाउने दृढ संकल्प लिएको जनाएको छ।

नेपाली कांग्रेसले धनकुटा जिल्लाबाट पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका परिवर्तनका नेतृत्वकर्ता युवा नेता, युवाहरूको आशा र अभिभावकहरूको भरोसा दिनेश राईलाई रुख चिन्हमा मतदान गरी विजयी गराउन सम्पूर्ण धनकुटेली मतदाता समक्ष अपिल गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।