धनकुटाबाट ९० किलो बढी लागु औषध गांजा छोडी कार चालक फरार,कार नियन्त्रणमा
धनकुटा,२१ माघ । धनकुटाबाट ९० किलो बढी लागु औषध गांजा बोकेको कारलाई नियन्त्रणमा लिइएको छ ॥
आज दिउंसो २ बजे जिल्लाको साँगुरीगढी गाउंपालिका ६ फेदी स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको गस्ति टोलीले बा.१० च ५६१५ नं.को सवारी रोक्न खोज्दा नरोकि भागे पछि सवारी चेकजाँच गर्दा सवारी भित्र बोरामा प्लाष्टिकले प्याक गरेको ४ वटा पोका ला.औ. (गाँजा) फेला पारी उक्त सवारी र गांजा प्लाष्टिक सहित ९० के.जि. २३५ ग्राम गांजा नियम्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सवारी छाडी चालक फरार भएकोमा आवश्यक कार्वाहीको लागि जिप्रका धनकुटा ल्याइएको साथै फरार रहेको चालक र सवारी साधन सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


