धनकुटाबाट ३३ किलो लागू औषध गाँजा सहित एक जना पक्राउ
धनकुटा, माघ २२ गते ।धनकुटाबाट लागू औषध गाँजा सहित एक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका १ का ५४ बर्षिय ज्ञान वहादुर लिम्वु रहेका छन् ।
लिम्बुलाई माघ २१ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गापा -१ स्थितबाट ३३ किलो ५०० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


