आर.एम. एग्रोटेकले ल्यायो भ्याकुम फ्रिज ड्रायर प्रविधि, कृषि प्रशोधनमा गुणात्मक परिवर्तनको अपेक्षा

काठमाडौं । कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा दीर्घकालीन समस्या मानिँदै आएको भण्डारण र गुणस्तर संरक्षणको समाधानका रूपमा नेपालमा पहिलोपटक भ्याकुम फ्रिज ड्रायर (लायोफिलाइजेसन) प्रविधि सार्वजनिक गरिएको छ। आर.एम. एग्रोटेक प्रा.लि. ले भारतको अग्रणी शीतलन समाधान प्रदायक आइस मेक रेफ्रिजरेसन लिमिटेडअन्तर्गतको ‘ड्राइमेक’ ब्रान्डमार्फत उक्त अत्याधुनिक प्रविधि नेपाल भित्र्याएको हो।

लायोफिलाइजेसन प्रविधि न्यून तापक्रम र भ्याकुम प्रविधिको संयोजन प्रयोग गरी खाद्य तथा कृषि सामग्री सुकाउने आधुनिक प्रक्रिया हो। यस प्रविधिबाट प्रशोधन गरिएका उत्पादनमा पोषण तत्व, स्वाद, रंग र प्राकृतिक बनावट लामो समयसम्म जोगिने बताइएको छ। फलफूल, तरकारी, मासु, दुग्धजन्य पदार्थ तथा जडीबुटी प्रशोधनमा यसको प्रयोग विशेष प्रभावकारी हुने विज्ञहरूको भनाइ छ।

नेपालमा प्रत्येक वर्ष ठूलो परिमाणमा कृषि उत्पादन प्रशोधन र उचित भण्डारणको अभावमा नष्ट हुँदै आएको सन्दर्भमा यो प्रविधिले किसान तथा कृषि उद्यमीहरूलाई उच्च मूल्य अभिवृद्धिको अवसर दिने अपेक्षा गरिएको छ। निर्यातमुखी उत्पादनका लागि समेत लायोफिलाइजेसन प्रविधि महत्वपूर्ण मानिन्छ, जसले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने विश्वास लिइएको छ।

तीन दशकभन्दा बढी समयदेखि कोल्ड चेन तथा शीतलन समाधान क्षेत्रमा कार्यरत आइस मेक रेफ्रिजरेसन लिमिटेडका विभिन्न प्रविधिहरू नेपालमा आर.एम. एग्रोटेक प्रा.लि. ले वितरण गर्दै आएको छ। भ्याकुम फ्रिज ड्रायरसँगै कम्पनीले कोल्ड स्टोरेज, चिलर, फ्रीजर र आइस प्लान्टजस्ता सम्पूर्ण कोल्ड चेन समाधानहरू पनि नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।

आर.एम. एग्रोटेक प्रा.लि. का प्रबन्ध निर्देशक प्रकाश मेहताका अनुसार कृषि उत्पादनको संरक्षण र प्रशोधनमा आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ। उहाँले लायोफिलाइजेसन प्रविधिले ऊर्जा–कुशल, गुणस्तरीय र दीगो समाधान प्रदान गर्दै किसानदेखि उद्योगीसम्मलाई प्रत्यक्ष लाभ पु¥याउने बताउनुभयो। यस्ता प्रविधिको विस्तारले नेपालको कृषि प्रणालीलाई आधुनिक बनाउँदै आर्थिक रूपान्तरणमा टेवा पुग्ने उहाँको भनाइ छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।