धनकुटामा हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले ‘चियासँग कविता धनकुटा साहित्य रत्न’ सहित विभिन्न ४ वटा विधामा पुरस्कार दिने

धनकुटा । धनकुटामा हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले ‘चियासँग कविता धनकुटा साहित्य रत्न’ लगायतका पुरस्कार दिने भएको छ ।

धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा २०८१ साल फागुन २ गते शुक्रबारदेखि साप्ताहिक रुपमा हुँदै आएको चियासँग् कविताको वार्षिक उत्सवको अवसरमा ‘चियासँग कविता धनकुटा साहित्य रत्न’ सहित विभिन्न ४ वटा विधामा पुरस्कार दिन लागिएको हो ।

प्रथम वार्षिकोत्सवका अवसरमा १५ हजार राशिको ‘चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कार’ र ५ हजार राशि भएको ‘चियासँग कविता युवा साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ ।

यसका साथै ५ हजार रुपैयाँ राशिको ‘चियासँग कविता नव प्रतिभा’ पुरस्कार र ५ हजार रुपैयाँ राशिको ‘चियासँग कविता साहित्यीक पत्रकारिता’ पुरस्कार प्रदान गरिने चियासँग कविता कार्यक्रमका संयोजक गोपाल बराइलीले जानकारी दिनुभयो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सुरुदेखि कार्यक्रममा सहभागी सर्जक तथा विभिन्न रूपमा सहयोग गर्ने सहयोगीहरूलाई पनि सम्मान गरिने बराइलीले जानकारी दिनुभयो ।

छोटो समयमै कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई चलायमान बनाउँदै सर्जकहरूलाई नियमित रूपमा भेटघाट, कविता वाचन र सिर्जनात्मक संवादको साझा मञ्च उपलब्ध गराउँदै आएको छ । धनकुटामा सुस्ताउँदै गएको साहित्यिक माहोललाई पुनः जागृत बनाउन कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै ‘चियासँग कविता’ ले साहित्यिक विकास र नयाँ प्रतिभा पहिचानमा निरन्तर काम गरिरहेको छ ।

‘चिया सँग कविता’ केवल कविता वाचनको यात्रा मात्र नभई धनकुटाको साहित्यिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको बराइलीको भनाई छ । उहाँका अनुसार स्थानीय साहित्यलाई एकीकृत गर्दै निरन्तर चलायमान बनाउने उद्देश्यसहित कार्यक्रम सञ्चालन हुँदै आएको छ ।‘चिया सँग कविता’ प्रथम वार्षिकोत्सव समारोहका अवसरमा विभिन्न साहित्यिक पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाइएको छ ।

प्रथम वार्षिक उत्सवमा एक वर्षसम्म विभिन्न श्रृङ्खलाहरुमा सिर्जना वाचन गर्ने सर्जकहरुका संकलित सिर्जनाको ‘चियासँग कविता’ विमोचन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।