घरभित्रै गाडी पस्दा अस्ट्रेलियामा एक नेपालीको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको मृत्यु भएको हो ।

पर्थको रिभरभेल क्षेत्रमा शुक्रबार अबेर राति अनियन्त्रित कार गुरुङ परिवार बसेको घरभित्र पसेको थियो । सयनकक्षमै सुतिरहेकी ५३ वर्षीया गुरुङको कारको ठक्करवाट मृत्यु भएको हो । आपतकालीन सेवाले उद्धारको प्रयास गरे पनि उनलाई घटनास्थलमै मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, कार अनियन्त्रित हुँदै मुख्य सडकबाट बाहिरिएर घरको बार तोड्दै सिधै गुरुङ परिवार बस्ने सयन कक्षमा प्रवेश गरेको थियो ।
कार चालक ३६ वर्षीय पुरुषलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । उनलाई हत्या र सम्पत्ति क्षतिको अभियोग लगाइएको प्रहरीले जनाएको छ । चालकलाई अदालतले धरौटी समेत अस्वीकार गरेको छ ।

मृतक विष्णुमया ९हिमाली०गुरुङ केही महिनाअघि मात्रै नेपालबाट छोरी–ज्वाइँ भेट्न अस्ट्रेलिया आएको एनआरएन पश्चिम अस्ट्रेलियाका उप–संयोजक बासु सापकोटाले जानकारी दिएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।