तत्कालीन माओवादी केन्द्र उर्लाबारीका प्रभावशाली नेता दाहाल नेकपा एमालेमा प्रवेश
उर्लाबारी । तत्कालीन माओवादी केन्द्र उर्लाबारीका प्रभावशाली नेता मिलन दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन्।
हाल नेकपामा रहेका दाहाललाई एमालेले औपचारिक कार्यक्रममार्फत पार्टीमा स्वागत गरेको जनाएको छ ।
गत स्थानीय तह निर्वाचनमा उर्लाबारीमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्न सफल दाहालको एमाले प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
नवप्रवेशी दाहाललाई एमालेबाट मोरङ १ का उम्मेदवार घनश्याम खतिवडा लगायतले खादा तथा टीका लगाएर स्वागत गरेका छन् ।


