संखुवासभा कांग्रेसका महासमिति सदस्य राईसहित ४ जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश
सङ्खुवासभा । नेपाली कांग्रेस सङ्खुवासभाका महासमिति सदस्य मुक्तिसिंह राई राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय काठमाडौँ पुगेर रास्वपा प्रवेश गरेको रास्वपा सङ्खुवासभाका सभापति भक्तनारायण श्रेष्ठले बताए ।
उनका अनुसार रास्वपाका उम्मेदवार मिङमा शेर्पाको विशेष पहलमा राई पार्टी प्रवेश गरेका हुन् ।
उम्मेदवार शेर्पा पनि कांग्रेस महासमिति सदस्य थिए। उनीसँगै नेकपा एमालेका भातृ संगठन खेलकुद महासंघका अध्यक्ष सुनिल श्रेष्ठ पनि रास्वपा प्रदेश गरेका हुन् ।
त्यस्तै युवा संघका जिल्ला सदस्य र तरुण दलका जिल्ला सदस्यले समेत आजै रास्वपा प्रवेश गरेका छन् ।


