उर्लाबारीमा श्रम संस्कृति पार्टीको लहर
उर्लाबारी । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन नजिकिँदै गर्दा मोरङ–१ मा श्रम संस्कृति पार्टीप्रति आकर्षण बढेको छ।
उर्लाबारी–२ स्थित सिमसार क्षेत्रका स्थानीय बासिन्दाहरू स्वतःस्फूर्त रूपमा पार्टी प्रवेश गरेका छन्।
घरदैलो अभियानमा सक्रिय उम्मेदवार शान्ति पाख्रिनले जनताका समस्या प्रत्यक्ष सुन्दै समाधानका लागि प्रतिबद्धता व्यक्त गरेकी छन्। सिमसारका बासिन्दाले विगतमा आश्वासन मात्र पाएको गुनासो गर्दै यसपटक परिवर्तनको पक्षमा उभिएको बताएका छन्।
यस सामूहिक प्रवेशले उर्लाबारी क्षेत्रमा श्रम संस्कृति पार्टीको संगठन थप मजबुत बनेको स्थानीयले आकलन गरेका छन्।


