एमाले उम्मेदवार विरुद्ध गलत प्रचार नगर्न खतिवडाको चेतावनी

उर्लाबारी । नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तथा मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार घनश्याम खतिवडा यतिबेला निर्वाचन क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा व्यस्त रहेका छन्।

उनले आफूले कुनै पनि प्रतिस्पर्धी उम्मेदवारविरुद्ध व्यक्तिगत आरोप–प्रत्यारोप नगरेको बताउँदै निर्वाचन प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा मोरङ–१ बाट खतिवडा सहित १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। केही उम्मेदवारले आफूविरुद्ध आधारहीन अभिव्यक्ति दिएको उल्लेख गर्दै खतिवडाले जे पायो त्यही नबोल्न आग्रह गरेका छन् ।

उर्लाबारीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा परित्याग गरी एमालेमा प्रवेश गरेका मिलन दाहाललाई स्वागत गर्दै खतिवडाले पार्टी र उम्मेदवारविरुद्ध गलत प्रचार भए कार्यकर्ताले प्रतिवाद गर्ने चेतावनी दिए। उनले आफू प्रतिस्पर्धीविरुद्ध व्यक्तिगत रूपमा नबोल्ने तर गलत प्रचार स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यज्ञमणि न्यौपानेतर्फ संकेत गर्दै खतिवडाले शान्तिपूर्ण रूपमा मत माग्न आग्रह गर्दै अनावश्यक टिप्पणी नगर्न चेतावनी दिएका छन् ।

यसैबीच एमाले प्रवेश गरेका मिलन दाहालले कम्युनिष्ट आन्दोलनको मूलधार एमाले नै भएको दाबी गरे। २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार रहेका दाहाल हाल उर्लाबारी बहुमुखी क्याम्पसको सञ्चालक समितिका उपाध्यक्ष छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।