विराटनगरमा अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

विराटनगर : अन्तर्राष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष फेब्रुअरी १३, अर्थात् भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा मनाइने गरिन्छ। सुरक्षित यौन व्यवहार, एचआईभी तथा अन्य यौनजन्य रोगबारे सचेतना फैलाउने उद्देश्यले यस वर्ष पनि विराटनगरमा विविध कार्यक्रम आयोजना गरि मनाइएको छ।

AHF Nepal को आयोजनामा तथा विभिन्न संघ संस्थाहरूको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो। उक्त अवसरमा नोबेल मेडिकल कलेजमा एचआईभी/एड्स तथा यौनजन्य रोग सम्बन्धी एक दिने CME (Continuing Medical Education) कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।उक्त कार्यक्रममा कोशी अस्पतालका फिजिसियन डाक्टर सुनिल बाबू खनालले सहजीकरण गरेका थिए ।

यसैगरी कोशी अस्पताल विराटनगरमा निःशुल्क कण्डम वितरण तथा कण्डमको सही प्रयोगबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। साथै जोगबनी नाकामा निःशुल्क एचआईभी परीक्षण तथा कण्डम वितरण कार्यक्रमसमेत गरिएको थियो। सो कार्यक्रममा स्थानीय , बस तथा सिटी सफारी चालक र नेपाल भारत सिमामा आवतजावत गर्ने यात्रु तथा मजदुरहरुलाइ लक्षित गर्दै सचेतना तथा कण्डम वितरण कार्य गरिएको थियो ।

कार्यक्रममा नर्सिङ एसोसिएसन मोरङ , परिवर्तनशील समाज मोरङ , NAP+N तथा प्रेरणा प्रतिष्ठान नेपाल लगायत विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत ६,००० भन्दा बढी निःशुल्क कण्डम वितरण गरिएको एएचएफ नेपालका ART क्लिनिक अधिकृत केशव बस्नेतले जानकारी दिए ।

कण्डम प्रयोगको फाइदा वारे बताउदै उनले भने “कण्डम सुरक्षित यौन व्यवहारको एक सजिलो, सस्तो र प्रभावकारी उपाय हो। यसको सही तथा नियमित प्रयोगले एचआईभी लगायत अन्य यौनजन्य सङ्क्रमणबाट बच्न तथा यौन एवं प्रजनन स्वास्थ्य संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्दछ। सजिलै उपलब्ध हुने, सस्तो तथा कतिपय स्थानमा निःशुल्क रूपमा प्राप्त गर्न सकिने साधन कण्डम नै हो। विशेषगरी सरकारी स्वास्थ्य संस्थाहरूमा समेत कण्डम निःशुल्क रूपमा उपलब्ध गराइन्छ।”

कण्डमले अनिच्छित गर्भ रहनबाट जोगाउनुका साथै व्यक्तिको स्वास्थ्य, परिवार र समुदायको सुरक्षामा समेत महत्वपूर्ण योगदान पुर्‍याउँछ। त्यसैले सुरक्षित र जिम्मेवार यौन व्यवहारका लागि कण्डमको सही तथा नियमित प्रयोग आवश्यक रहेको कार्यक्रमका वक्ताहरूले जोड दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।