लेटाङका २५ वर्षीय अनीश राई साउदीमा सम्पर्कविहीन
लेटाङ,२० फागुन । लेटाङ २ मोरङ घर भई वैदेशिक रोजगारीका लागि साउदी अरबको जेद्दामा कार्यरत २५ वर्षीय अनीश राई गत २७ फेब्रुअरी २०२६ देखि सम्पर्कविहीन भएका छन्।
जेद्दाको अल खुम्राह क्षेत्रबाट हराइरहेको सूचना परिवारले दिएको आधारमा साउदीस्थित नेपाली महावाणिज्यदूतावासमा जानकारी पुगेको हो।
परिवारका अनुसार अनीशको उचाइ करिब ५.५ फिट र तौल करिब ५० केजी रहेको छ। उनीसँग अन्तिम पटक २७ फेब्रुअरीमा सम्पर्क भएको र त्यसयता कुनै जानकारी प्राप्त नभएको जनाइएको छ।
महावाणिज्यदूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली समुदायलाई अनीश राईको अवस्थाबारे कुनै जानकारी भए तत्काल उपलब्ध गराइदिन हार्दिक अपिल गरेको छ।


