आबुधावीमा ड्रोनको टुक्रा खसेर लाग्दा नेपाली घाइते
आबुधाबी । यूएईको आबुधावीमा हवाई रक्षा प्रणालीले ड्रोन रोक्न सफल भएपनि टुक्रा खसेर लाग्दा ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा नेपाली नागरिक पनि रहेको त्यहाँको सरकारी मिडिया कार्यालयले जनाएको छ ।
आबुधाबीको आईसीएडी २ जिल्लाका दुई स्थानमा ड्रोनको टुक्रा खसेको समाचारमा उल्लेख छ ।
समाचारमा घाइतेको नाम भने खुलाइएको छैन । उनीहरूलाई गम्भीरदेखि मध्यमस्तरसम्मका चोटपटक लागेको बताइएको छ ।


