मोरङमा बर्डफ्लु पुष्टि

मोरङ । मोरङको उर्लाबारी र सुन्दरहरैँचा नगरपालिकाका दुई कृषि फर्ममा घातक ‘एच-एन’ बर्डफ्लु भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहका अनुसार उर्लाबारी–८ स्थित ‘अठियाबारी कृषि फर्म’ र सुन्दरहरैँचा–४ स्थित ‘हलेसी महादेव कृषि फर्म प्रालि’ मा सङ्क्रमण देखिएको हो।

पशु सेवा विभागको ‘इमर्जेन्सी डिजिज इन्भेस्टिगेसन टिम’ द्वारा गरिएको स्थलगत अध्ययन र नमूना परीक्षणपछि सङ्क्रमणको औपचारिक पुष्टि गरिएको हो।

सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्राविधिक समिति (डाई–टेक)को बैठकले प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस तथा अन्य पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ।

सङ्क्रमित फर्मलाई केन्द्र मानी चार किल्ला तोकिएको छ भने सो क्षेत्रमा आवतजावत तथा पन्छिजन्य सामग्रीको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै, सङ्क्रमित क्षेत्र वरिपरि तीन किलोमिटरलाई प्रभावित क्षेत्र घोषणा गरी निगरानी बढाइएको छ।सरकारको ‘बर्डफ्लु नियन्त्रण नियमावली २०७८’ अनुसार नष्ट गरिएका पन्छी, अण्डा तथा दानाका लागि किसानलाई बजार मूल्यको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराइनेछ।

बर्डफ्लु पन्छीबाट मानिसमा सर्न सक्ने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउन र मरेका पन्छी सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।