ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम

सचिन्द्र श्रेष्ठ, (दुबई) । मुस्लिम समुदायको ईद -उल- फ़ित्रको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले मार्च २२ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए। मुस्लिम धर्मग्रन्थ कुरानका अनुसार, प्रत्येक व्यक्तिले एक वर्षभित्रको बचतको करिब साढे दुई प्रतिशत नगद वा जिन्सी दान (जकात) गर्नु पर्ने हुन्छ। यसरी दान गरिएका सामान दीन दुःखी र गरीबलाई बाँडिन्छ। इद–उल–फित्रमा प्रत्येकले आफ्नो गच्छे अनुसार दिने गर्दछन सोहि अनुरूप रक्तदाताले पनि आफ्नो रगत दान दिएर पूण्य कमाएको श्रेष्ठले बताए।

विभिन्न पेसामा कार्यरत नेपाली समुदायका व्यक्तिहरु, संस्थाका पदाधिकारीहरु,सदस्यहरु, व्यवसायी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक संघ सस्थाका पदाधिकारिहरु मध्य पुर्वका बर्तमान परिस्थितीको कारण सोचे अनुसार रक्तदाताको उपस्थित नभए पनि १०० भन्दा बढ़ीको उपस्थितीमा ६२ जनाले दर्ता गराएको भए पनि ५४ जनाले रक्तदान गरेको अध्यक्ष बासुदेव ढुंगानाले बताए।

सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई ‘रक्तदान जीवन दान’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ यो पाँचौ पटक भब्य र सभ्य तरिकाले रक्तदान कार्यक्रम सम्पन्न गरेको संयोजक जगन अधिकारीले बताए।

साथ साथै अधिकारीले मध्यपूर्वमा चलेको भयानक युद्धको कठीन चपेटामा फसेको बेला मानिसहरु त्रषित भएर पनि समय निकालेर टाढा टाढा बाट उल्लेखीय सहभागी भई रक्तदान गरेकोमा धन्यवाद तथा आभार ब्यक्त गरे।

कार्यक्रमलाई यूएई स्थित बिभिन्न ब्यबसायिक संघ संस्थाले आर्थिक सहयोग गरेका थिए।

दुबई हेल्थ अथरिटीले अहिलेको प्रतिकुल अवस्थामा धेरै सङ्घ सस्थाहरुबाट पुर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको भए पनि नेपाली रक्तदाता सङ्घ युएइले पुर्वनिर्धारित कार्यक्रम गरेर कार्यक्रम सफल बनाएकोमा आभार प्रकट गरेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।