कलाकार संघको अध्यक्षमा उत्तम केसीको उम्देवारी घोषणा

काठमाडौं । चलचित्र कलाकारबीच चुनावी सरगर्मी सुरु भएको छ ।

यहीबीचमा संघको अध्यक्षका लागि उत्तम केसीले उम्देवारी घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उम्देवारी घोषणा गरेका हुन् । उनलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्का लगायतका वरिष्ठ कलाकारले समर्थन गरेका छन् ।

यही चैत २८ मा चलचित्र कलाकार संघको २१ औं साधारण सभा आयोजना हुँदैछ । सभाले १७ सदस्यीय नयाँ पदाधिकारी निर्वाचित गर्नेछ ।

संस्थाको मतदाता बन्न १७ चैतसम्म सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी छ । अहिले नवीकरण नगरेकासहित २५०० जना सदस्य संस्थामा रहेको जनाइएको छ । व.िस. २०५५ सालमा स्थापना भएको कलाकार संघमा तीन वर्षे कार्यकाल हुने गरेको छ ।

रंगमञ्चदेखि चलचित्रसम्मको यात्रा तय गरेका कलाकार केसी नेपालमा टेलिभिजनको स्थापना अघिदेखि नै रंगमञ्चमा नाटक गर्ने कलाकार हुन । बाल्यकालदेखि कला क्षेत्रमा रमाएका केसीले विद्यालय पढ्दादेखि नै अभिनय यात्रा सुरु गरेका हुन् ।

२०० भन्दा बढी टेलिफिल्ममा अभिनय गरेका केसीले ‘आदर्श नारी’बाट चलचित्रमा डेब्यु गरेका हुन् । उनले पुकार, मोहनी, ज्वाला, जन्मभूमि, बलराम, चमत्कार, चण्डाल, चक्रव्युह, नाइनभन्नु ल सिरिज, होस्टेल, बुकुरो, झिंगे दाउ–२ सहित २५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

अहिले पनि अभिनयलाई निरन्तरता दइिरहेका केसी विशेषगरी ‘चुँईचुँई’ पारेर भन्ने थेगोबाट चर्चामा आएका हुन्। जीवन चक्र नामक टेलिचलचित्रमा उत्तम काकाको भूमिकाबाट उनको ‘चुँईचुँई’ यात्रा सुरु भएको हो ।

चलचित्र विकास बोर्डको पूर्व सदस्य रहेका केसी संघको पूर्व कार्यकारी सदस्यहुँदै सहकोषाध्यक्ष र सचिवमा निर्वाचित भएका थिए । उनी नेपाल सरकारको प्रशासनिक क्षेत्रमा उनको अनुभव रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।