क्रोएसियामा रहेकी एक नेपाली युवती मृत फेला
काठमाडौ । वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसियामा रहेकी धादिङकी आनन्दी तामाङ मृत फेला परेकी छन्।
सेम्जोङ गाउँपालिका–३ गैरा घर भएकी २२ वर्षीय तामाङ गत शनिबार होस्टेलमा मृत फेला परेकी हुन्।
उनी दुई वर्षअघि वैदेशिक रोजगारीका लागि क्रोएसिया पुगेकी थिइन्।
उनको मृत्यु कसरी भयो भन्ने बारेमा केही खु’लेको छैन र यस खबरले परिवार शो’कमा डु’बेको छ।


