पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले बैशाख ५ मा धनकुटामा हुने
धनकुटा । पूर्वान्चल गट ट्यालेन्ट सिजन ७ को ग्राण्ड फिनाले बैशाख ५ मा धनकुटामा हुने भएको छ ।
रिकृएशन मल्टिमिडिया एण्ड इन्टरटाइन्मेन्ट प्रालि र टिन्ज कृउ डान्स सेन्टरले हरेक बर्ष आयोजना गर्दै आएको यस गायन तथा नृत्य प्रतियोगिताको सिजन ७ को ग्राण्ड फिनाले धनकुटाको तल्लो टुंडिखेलमा दिनको ४ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
कोशी प्रदेशका १४ वटै जिल्लाबाट छनौट भएर आएका प्रतिष्पर्धीहरुबाट गायन तथा नृत्य बिधामा अन्तिम प्रतिष्पर्धा गर्नेछन् ।


