नेपाली रक्तदाता संघ युएईको प्रथम अधिबेशन दुबईमा हुने
सचिन्द्र श्रेष्ठ,दुबई । नेपाली रक्तदाता संघ युएईको अधिबेशन आँउदो में १७ मा दुबईमा भब्यताका साथ पहिलो एतिहासिक अधिबेशन हुने भएको छ ।
युएईमा रहेका नेपालीहरूले रक्तदान गर्न कोही पनि नछुटौ र रक्तदान जीबन दान जस्तो पुण्य कार्यका निम्ति यूएई स्थित नेपालीहरु एकजुट हुने अभिप्रायले २०२६ देखि २०२८ सम्मको कार्यकालका लागि पहिलो पटक अधिबेशन हुन लागेको हो ।
अधिबेशनका लागि प्रबास नेपाली सम्पर्क बिभाग युएईका सभापति एब नेपाली रक्तदाता संघ यूएईका सल्लाहकार सुजन थापाको संयोजकत्वमा निर्बाचन समिति समेत गठन भएको छ ।
निर्बाचन समितिले यूएईमा रहेका सम्पुर्ण नेपाली जातीय तथा जिल्ला स्तरीय संघसस्था एव समाजसेवीहरूसँग परामर्श भैरहेको संयोजक थापाले बताए ।
यूएईमा सन् २०२० मा तदर्थ समिति बनाएर कार्य संचालन गरे पनि निष्क्रिय रही आएकोमा २०२४ देखि निरंतरता दिदै आएको रक्तदाता संघलाई आधिकारिक रुपमा लैजान र निरान्तरता दिन सहज हुने भएकोले यो बर्ष अधिबेशन गर्न लागिएको अन्तर्राष्ट्रीय रक्तदाता संघका कोषाध्यक्ष एब नेपाली रक्तदाता संघ यूएईका संरक्षक सुनिल राज श्रेष्ठले बताए।
‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ बिशुद्ध समाज सेवा गर्ने उद्देश्यले नेपाली रक्तदाता संघ यूएईको इतिहासमै पहिलोपटक अधिवेशन गर्ने मिति तथा स्थान तय भएको जानकारी संस्थाका अध्यक्ष बासुदेव ढुंगानाले जानकारी दिए ।


