धनकुटाको पाख्रीबास नगरपालिकालाई गरियो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा(फोटो फिचर)

धनकुटा,२२ बैशाख । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।

नगरपालिकाभित्र लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोपहरू पूर्ण रूपमा प्राप्त गरेको पुष्टि भएपछि औपचारिक रूपमा उक्त घोषणा गरिएको हो।

नगर प्रमुख,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायहरूको सहभागितामा आयोजित कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख एवं कार्यक्रमका अध्यक्ष ज्ञान बहादुर गुरुंगले सबै नागरिकको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानलाई सफल बनाउन सम्पूर्ण वडा,स्वास्थ्य संस्था र समुदायको सहकार्य महत्वपूर्ण रहेको बताए।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईशा राईका अनुसार १६ देखि ५९ महिनासम्मका बालबालिकालाई दिइने सबै नियमित खोपहरूको पूर्णता सुनिश्चित गरिएको छ भने छुटेका बालबालिकालाई समेत खोजी–खोजी खोप लगाउने अभियान सञ्चालन गरिएको थियो। साथै, खोप सेवा दिगो रूपमा निरन्तर रहोस् भन्ने उद्देश्यले नियमित अनुगमन, अभिलेख व्यवस्थापन र समुदायस्तरमा सचेतना कार्यक्रमलाई पनि प्राथमिकता दिइएको बताए ।

प्रमुख राईका अनुसार पालिकाका १० वटै वडामा ८ सय ५७ जना लक्षित उमेर समूहका बालबालिकालाई पूर्ण खोप लगाइएको छ । पालिकाका प्रत्येक घरधुरी सर्वेक्षण गरि खोप नपाएकाहरुलाई खोप दिइएको पनि राईले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रतिनिधिहरूले पाख्रीबास नगरपालिकाले हासिल गरेको उपलब्धि उदाहरणीय भएको र अझै पालिकाले सुधार गर्दै गए जिल्लामै पहिलो घोषणा गर्ने पालिका पनि बन्न सक्ने बताए । जिल्लाका ७ स्थानिय तह मध्ये पाख्रीबासले आज पांचौ पालिकाको रुपमा यो घोषणा गरेको बताए ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सँगै अब पाख्रीबास नगरपालिका स्वास्थ्य शाखाले खोप कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा पनि बालबालिकाको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ।

सोही अवसरमा पालिकामा आर्थिक बर्ष २०४४/०४५ देखि आव २०८२/०८३ सम्म लामो समय स्वास्थ्य स्वयं सेविकाको रुपमा काम गरि अवकाश प्राप्त वडा नं ८ की राज कुमारी राईलाई नगद रु २० हजार(कर कट्टा गरि रु १७ हजार ५ सय) नगद सहित दोसल्ला ओढाएर कार्यक्रमका अध्यक्ष एवं नगर प्रमुख गुरुंगले सम्मान गरेका छन् ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।