धनकुटाको हिलेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न

धनकुटा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हिलेले आज केन्द्र प्रमुख कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । खानेपानी महिला समूह केन्द्र नं ३१ का केन्द्र अध्यक्ष दिलकुमारी राईको अध्यक्षतामा भएको कार्यक्रम धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष ओङ्द तामाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तामाङले निम्न आर्थिक अवस्था भएका तथा कर्जा तिर्न समस्या भएका नागरिकका लागि विशेष सहुलियत र सेवाको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निर्धन उत्थान लघुवित्तले हिले क्षेत्रमा हालसम्म उत्कृष्ट सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्दै जान शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै, हिले शाखा प्रमुख खगेन्द्र फुयालले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म १५ करोड रुपैयाँ लगानी तथा १० करोड रुपैयाँ बचत संकलन भएको जानकारी दिनुभयो । धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र छथर जोरपाटी गाउँपालिकाका १५० वटा केन्द्रमार्फत ८५० जनाले कर्जा सुविधा लिएको उहाँले बताउनुभयो ।

सोही अवसरमा पाख्रीबास नगरपालिका–२ की सदस्य लक्ष्मीमाया मगरका श्रीमान् दिलबहादुर मगरको असामयिक निधन भएको हुँदा उहाँलाई ३ लाख ९० हजार रुपैयाँ बीमा रकम हस्तान्तरण गरिएको थियो । साथै दैवीप्रकोपअन्तर्गत आगलागी पीडित डिककुमारी श्रेष्ठलाई ६ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सुत्केरी भत्ता, गम्भीर रोग उपचार सहयोग, उत्कृष्ट जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति लगायतका सेवा प्रदान गर्दै आएको जानकारी समेत गराइएको थियो । साथै कृषि, सिँचाइ, आकस्मिक, शैक्षिक, वैदेशिक रोजगार, व्यक्तिगत तथा लघु उद्यम क्षेत्रमा बिना धितो १ लाखदेखि ७ लाख रुपैयाँसम्म तथा धितो राखी १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको शाखाले जनाएको छ ।

संस्थाका क्षेत्रीय प्रमुख कल्याण बाबु कार्कीले सहभागीहरूले उठाएका कर्जा, बचत तथा सामाजिक उत्तरदायित्वसम्बन्धी जिज्ञासाको जवाफ दिँदै संस्था सहज र सरल रूपमा सेवा दिन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संस्थाबाट लिएको ऋण सही क्षेत्रमा सदुपयोग गरी समयमै भुक्तानी गर्न तथा आर्थिक अनुशासन कायम गर्न सबै केन्द्र प्रमुखलाई आग्रह गर्नुभयो । आर्थिक अनुशासन पालना भए वित्तीय संस्थामाथि लाग्ने विभिन्न आरोपसमेत हट्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा हिले प्रहरी चौकी प्रमुख चिरञ्जीवी खड्काले बढ्दो अनलाइन ठगीप्रति सबै सचेत हुनुपर्ने बताउँदै ऋणको दुरुपयोग नगरी उत्पादनशील क्षेत्रमा लगानी गर्न र समयमा ऋण चुक्ता गर्न आग्रह गर्नुभयो ।

यस्तै, पाख्रीबास नगरपालिका वडा नं ९ की वडा अध्यक्ष सम्झना आलेले लघुवित्त संस्थाले महिलालाई आत्मनिर्भर बनाउनुका साथै नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याझएको बताउनुभयो । उहाँले स्थानीय सरकारसँग सहकार्य गरी महिलाका लागि विभिन्न सीप तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा वार्षिक मूल्यांकनअन्तर्गत अनुशासित रूपमा कर्जा तथा बचत सञ्चालन गर्ने उत्कृष्ट समूहहरूलाई सम्मान गरिएको थियो । उत्कृष्ट प्रथम चापे महिला समूह, द्वितीय मार्गदेवी महिला समूह, तृतीय धर्मशाला महिला समूह तथा सान्त्वना किन्ताङ महिला समूहलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सञ्चारकर्मी, संस्थाका विभिन्न केन्द्रका अध्यक्ष तथा सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन लेखापाल भीमबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।