धनकुटा जिल्ला अस्पतालले मनायो आफ्नो ११२ औं वार्षिकोत्सव

धनकुटा । जिल्ला अस्पताल धनकुटाको ११२ औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष निरेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुली प्रमुख अतिथि रहनुभएको थियो ।

अस्पतालका प्रमुख डा। सन्तोष राईले वार्षिक गतिविधि समेटिएको कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए।

सोहि अवसरमा अस्पतालको विकास र सेवामा योगदान पुर्‍याएका पूर्व अध्यक्षहरू—गोपाल गुरागाईं, नारायण प्रसाद रिजाल, नरेन्द्र प्रसाद पोखरेल, टंक बहादुर चुवान र सुनिल डंगोल—लाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको थियो।

वक्ताहरूले ११२ वर्ष लामो इतिहास बोकेको अस्पतालले जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सेवा अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

अस्पताल प्रशासनले आफ्नो यात्रामा साथ दिने सम्पूर्ण कर्मचारी, सेवाग्राही तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।