राजेश हमालले सार्वजनिक गरे ‘म हुँ पानी’

काठमाडौं । ‘पानको पात’ जस्ता कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका हुन् । कार्यक्रममा अभिनेत्री करिस्मा मानन्धर, गायक बम बहादर कार्की, निर्देशक देबेन्द्र पाण्डे र गायिका तथा गोरखा म्युजिककी संचालक शिवा आले कार्की, कलाकार उत्तम केसी लगायतको उपस्थिती थियो ।

प्रकृति र मानवीय अस्तित्वको मुख्य आधार पानीको महत्वलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतमा समाजका लागि एउटा गहन सन्देश प्रवाह गरिएको छ।

म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका सदाबहार जोडी महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको अभिनय छ । केही समयको अन्तरालपछि यो जोडीले एउटै भिडियोमा काम गरेका हुन्, जहाँ हमालले पानीको शक्ति र गरिमालाई चित्रण गरेका छन् भने करिश्माले आफ्नो नृत्य र अभिनयमार्फत प्रकृतिको सुन्दरतालाई झल्काएकी छिन् ।

भिडियोमा उनीहरूसँगै सगुन कार्कीको पनि सशक्त अभिनय देख्न सकिन्छ ।

गीतमा बम बहादुर कार्की स्वयम्‌को शब्द र सङ्गीत छ। स्वरमा कार्कीलाई गायिका शिवा आले कार्की, लोचन भट्टराई र गायक अर्जुन सोनमले साथ दिएका छन् । सङ्गीत संयोजन बि.बि.अनुरागीले गरेको छन् ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको भिडियोलाई हरि हुमागाईँले छायाङ्कन गरेका हुन् । भिडियोमा नेपालका सुन्दर पहाड, झरना, नदी र प्राकृतिक दृश्यहरूलाई अत्यन्तै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । विकास दाहालले सम्पादन गरेको यस भिडियोमा पानीका विभिन्न रूपहरू पनि देखाइएको छ । गीतको मूल भाव ‘पानी नै जीवन हो’ भन्ने रहेको छ । गीतले पानीले आफ्नो महत्व दर्साउँदै मानिसहरूलाई यसको संरक्षण गर्न र प्रदूषित नबनाउन आग्रह गरेको छ। गोरखा म्युजिकमार्फत गीत सार्वजनिक भएको हो ।

कार्यक्रममा महानायक हमालले मानव जीवनका लागि पानी सबैभन्दा महत्वपूर्ण आधार भएको बताउँदै यसको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरे । उनले पानीको मूल्य र यसको मानवीय अस्तित्वसँगको सम्बन्धबारे उनले चर्चा गरेका थिए ।

कार्यक्रममा हमालले गायक बम बहादुर कार्कीको योगदानको चर्चा गर्दै उनको सदाबहार गीत ‘पानको पात’ ले नेपालमा मात्र नभई विश्वभर चर्चा पाएको स्मरण गरे । आफू चलचित्र क्षेत्रमा आउनुभन्दा अगाडि नै कार्कीका गीतहरूमा नाच्ने गरेको बताउँदै उनले यस नयाँ प्रोजेक्टमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।

अभिनेत्री करिस्मा मानन्धरले गीतर भिडियो राम्रो बनेको भन्दै प्रसंसा गरिन् ।

गायक बम बहादुर कार्कीले मानब जीवनमा पानीको महत्व बुझाउन र संरक्षण् सन्देश दिन गीत बनाएको बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖