युवा लक्षित याक्थुङ् कला तथा हस्तकला कार्यशाला सम्पन्न

टेक माबोहाङ ‘निराज’,बेलायत । किरात याक्थुङ् चुम्लुङ् युके वेन्छा चुम्भोको आयोजना युकेको अल्डर्सटमा युवापिढिलाइ लक्षित गर्दै याक्थुङ् कला तथा हस्तकला कार्यशाला ”याक्थुङ् आर्ट एण्ड क्राफ्ट वर्कसप” सम्पन्न भएको छ।

०९ मेई २०२६ शनिवारका दिन युकेमा बसोबास गर्दै आएका याक्थुङ् लिम्बुहरुको बिषेश युवा साथै सम्पुर्ण याक्थुङ् समुदायसंग अन्तरक्रिया तथा भेटघाट गर्ने र याक्थुङ् मुन्धुमिक परम्परागत संस्कृतिक कला तथा हस्तकाहरुको संरक्षण, अभ्यास,प्रबर्दन र पुस्तान्तरण गर्ने उदेश्यले उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् युके रसमोर शाखा अध्यक्ष थान नाल्बोको प्रखुम आतिथ्य साथै याक्थुङ् इतिहास मुन्धुम खोजकर्ता येहाङ् लाओतीको विशेष आतिथ्य रहेको थियो भने वेन्छा चुम्भोका थोसोदिम्बा हाङ्मा लाओतीको अध्यक्षता रहेको थियो ।

तालिमको सभा सुभारम्भ चुम्भोका उपाध्यक्ष दिपा योङ्हाङ्को स्वागत मन्तव्यबाट भएको हो भने कार्यक्रमको संचालन सुहाङ्मी(सचिव) सुरेन्द्र थेबेले सञ्चालन गरेको थियो ।

तालिममा याक्थुङ् लिम्बु सांस्कृतिक कला तथा हस्तकला सिलाम साक्मा,लायेप, खेसे साथै या;बुन र साक्च्योङ् बनाउन सिकाइएको थियो भने याक्थुङ् चाङ्वान पहिरण थाकाको बारेमा पनि मुन्धुमिक वा एतैहासिक पृष्ठभूमि प्रस्तुत गरिएको थियो । सिलाम साक्मा अर्थ लिम्बुभाषामा सि-मृत्यु, लाम-बाटो, साक्मा थुन्नु,जस्को अर्थ मृत्युकोबाटो छेक्नु हो । त्यस्तै लायेपको अर्थ जून र खेसेको अर्थ तारा हो । यी चिन्हहरु पुराना याक्थुङ लिम्बु घरहरुमा सजाइदै आएको र बिचमा केहि लोप भए पनि अहिले सांस्कृतिक पहिचानको खोजि संगै पुन प्रयोग र खोज हुन थालेको पाइन्छ ।

यस तालिमलाई सहजिकरण थाका, लायेप र याबुनको बारेमा सहजकर्ता येहाङ् लावतीले गरेको थियो भने सिलाम साक्मा बनाउन फरिदा येङ्देनले सहजिकरण गरेका थिए । त्यस्तै खेसे-तारा र साक्चोङ् प्रयोगात्मक तालिम टङ्क येन्देनले दिएको थियो साथै याबुन सबिता सन्यक लिम्बुले सहजिकरण गरेका थिए ।

युकेको ब्यस्त समयमा पनि युवा अर्थात विद्यार्थीहरुको समयलाइ मध्यनजर गर्दै सप्ताह / विकेण्ड शनिवार तालिम आयोजना गरिएकोमा बिभिन्न उमेर समुहको निक्कै बाक्लो उपस्थितिमा उपलब्धिमुलक रुपमा कार्यक्रम सम्पन्न भएको हो र आगामी अन्य कार्यक्रमहरुमा एस्तै उपस्थितिको आशा गरिएको आयोजकले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।