दाबी भुक्तानी विवादपछि हिमालयन रि–इन्स्योरेन्समाथि प्राधिकरणको कडाइ

काठमाडौं, ३१ बैशाख । नेपाल बीमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कारोबार गर्न रोक लगाएको छ। कम्पनीले पूर्वबीमा दाबी भुक्तानी सम्बन्धी दायित्व पूरा नगरेको भन्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो।

बिहीबार सार्वजनिक गरिएको सूचनामा बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१०) अनुसार कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन नगर्न निर्देशन दिइएको उल्लेख छ। प्राधिकरणका अनुसार कम्पनीले पुराना दाबी भुक्तानी समयमै नगरेपछि नियामक निकाय हस्तक्षेप गर्न बाध्य भएको हो।

यद्यपि, यसअघि स्वीकृत भइसकेका पुनर्बीमा सम्झौता तथा त्यससँग सम्बन्धित दायित्व व्यवस्थापनको काम भने कम्पनीले जारी राख्न पाउने बताइएको छ।

हिमालयन रि–इन्स्योरेन्स पछिल्लो समय विभिन्न आर्थिक विवादमा तानिँदै आएको छ। यसअघि प्राधिकरणले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित पाँच जना उच्च व्यवस्थापनका अधिकारीसँग स्पष्टीकरण मागेको थियो। कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा उनीहरूसँग जवाफ मागिएको जनाइएको थियो।

उता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि प्राधिकरणलाई पत्र पठाउँदै व्यवसायी दीपक भट्टसँग जोडिएको सेयर खरिद प्रकरणमा छानबिन गर्न निर्देशन दिएको थियो। विभागले हिमालयन रि–इन्स्योरेन्स तथा सम्बद्ध संस्थाबाट ३ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी रकम दुरुपयोग भएको आशंका व्यक्त गर्दै विस्तृत प्रतिवेदन पेश गर्न भनेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।