बैंकमा पैसा थुप्रिएपछि निक्षेपकर्ताले पाउने ब्याज फेरि घट्यो

काठमाडौं, ३१ बैशाख । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक बढ्दै गएपछि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर पुनः घटाएका छन्। जेठ महिनाका लागि सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कम गरेका हुन्।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ बैंकले अघिल्लो महिनाकै ब्याजदर कायम राखेका छन् भने अधिकांशले दर घटाएका छन्। यता, सिद्धार्थ बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत पु¥याएको छ।

हाल व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.७५ प्रतिशत ब्याज राष्ट्रिय वाणिज्य बैंक ले दिने भएको छ। सबैभन्दा कम ३.९६ प्रतिशत ब्याज भने कुमारी बैंक मा उपलब्ध हुने भएको छ। वैशाखमा औसत ब्याजदर ४.४ प्रतिशत रहेकोमा जेठमा घटेर ४.३ प्रतिशतमा झरेको छ।

बैंकहरूले रेमिट्यान्स खातामा भने सामान्य व्यक्तिगत मुद्दती खाताभन्दा एक प्रतिशतसम्म बढी ब्याज दिने व्यवस्था कायम राखेका छन्।

बैंकहरूमा कर्जा लगानी सुस्त बनेपछि ब्याजदर निरन्तर घटिरहेको बैंकरहरू बताउँछन्। हाल बैंकिङ प्रणालीमा करिब १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ। कर्जा माग नबढेपछि बैंकहरूले अतिरिक्त रकम नेपाल राष्ट्र बैंकमा न्यून ब्याजदरमै जम्मा गर्न बाध्य भएका छन्।

हाल बैंक तथा वित्तीय संस्थासँग ७९ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ भने ५८ खर्ब ७७ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको तथ्यांकले देखाएको छ। निरन्तर बढिरहेको रेमिट्यान्स प्रवाहले पनि बैंकहरूमा निक्षेप थपिँदै गएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।