जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिसन खर्चमा वृद्धि

काठमाडौं, ०४ जेठ । चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिने कमिसन खर्च उल्लेख्य रूपमा बढेको देखिएको छ।

१४ जीवन बीमा कम्पनीहरूको सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल कमिसन खर्च ११ अर्ब ४ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतभन्दा बढी वृद्धि हो।

बीमा व्यवसाय विस्तारसँगै अभिकर्तामार्फत नयाँ पोलिसी बिक्री बढ्दा कमिसन खर्च पनि उकालो लागेको देखिन्छ। यस अवधिमा सबैभन्दा धेरै कमिसन खर्च गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स बनेको छ। कम्पनीले मात्रै २ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी अभिकर्ता कमिसनमा खर्च गरेको छ।

त्यसपछि नेशनल लाइफ, एलआईसी नेपाल र हिमालयन लाइफ क्रमशः उच्च कमिसन खर्च गर्ने कम्पनीका रूपमा देखिएका छन्। सूर्यज्योति लाइफ, एशियन लाइफ, सिटिजन लाइफ तथा सानिमा रिलायन्स लाइफले पनि करोडौं रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेका छन्।

वृद्धिदरका आधारमा भने आइएमई लाइफ सबैभन्दा अगाडि देखिएको छ। कम्पनीको कमिसन खर्च झण्डै ३० प्रतिशतले बढेको छ। रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र सानिमा रिलायन्स लाइफमा पनि दोहोरो अंकको वृद्धि देखिएको छ।

बीमा कम्पनीहरूबीच बजार विस्तार र नयाँ ग्राहक आकर्षित गर्ने प्रतिस्पर्धा बढ्दै जाँदा अभिकर्ता कमिसन खर्च निरन्तर बढिरहेको विश्लेषण गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।