कृषि संकटले मधेसको आर्थिक वृद्धिमा दबाब

काठमाडौं, ०७ जेठ । मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्र कमजोर बन्दै जाँदा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर पनि सुस्त रहने संकेत देखिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत तथ्यांक समन्वय कार्यालय धनुषाले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी प्रतिवेदनले कृषि उत्पादनमा आएको गिरावटले समग्र आर्थिक गतिविधिमा असर परेको जनाएको हो।

विशेषगरी पर्याप्त वर्षा नहुँदा धान उत्पादन घटेको छ भने मत्स्य तथा वन क्षेत्रसमेत प्रभावित बनेका छन्। यसकै प्रभावले मधेसले पछिल्ला तीन वर्षयताकै न्यून आर्थिक वृद्धिदर सामना गर्नुपर्ने अवस्था आएको तथ्यांक अधिकृत नरबहादुर कुँवरले जानकारी दिएका छन्।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा मधेसको आर्थिक वृद्धिदर ३.१८ प्रतिशत रहेको थियो भने २०८१÷८२ मा यो घटेर २.७२ प्रतिशतमा सीमित भएको थियो। लगातार कृषि उत्पादन कमजोर बन्दै जाँदा प्रदेशको आर्थिक गति पनि ओरालो लागेको देखिएको छ।

प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२÷८३ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३.१ प्रतिशत रहनेछ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले कृषिमा आएको गिरावट नै मुख्य चुनौती भएको उल्लेख गर्दै आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिने बताएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।