चलचित्र पत्रकार संघको बार्षिकोत्सवमा पत्रकारहरू सम्मानित र पुरस्कृत

काठमाडौं, ८ चैत । चलचित्र पत्रकार सङ्घ नेपालले २७औँ वार्षिकोत्सव भब्य रूपमा मनाएको छ। 
 
राष्ट्रिय चलचित्र पत्रकारिता दिवससमेत मनाइएको बार्षिकोत्सवका अवसरमा चलचित्र पत्रकाहरूलाइ विभिन्न सम्मान र पुरस्कार वितरण गरिएको छ ।
 
बार्षिकोत्सवको अवसरमा सङ्घले ५५ हजार ५५५ रूपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता राजत सम्मान’ अनन्त वाग्लेलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ जयन सुब्बा मानन्धरलाई, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ कुवेरराज गिरीलाई, ५१ हजार रूपैयाँ राशिको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ वैकुण्ठराज पराजुलीलाई, ५१ हजार रूपैयाँ राशिको दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ सुरक्षा भट्टराईलाई र २५ हजार रूपैयाँ राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान’ मिलन ढुङ्गानालाई प्रदान गरेको छ ।

सङ्घद्वारा बिहीबार साँझ आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, महानायक राजेश हमाल, कलाकारहरू वसुन्धरा भुसाल, भुवन चन्द, करिश्मा मानन्धर, निखिल उप्रेती, रेखा थापा, सङ्घका अध्यक्ष समीर बलामीलगायतले सो सम्मान र पुरस्कार वितरण गरेका हुन् ।

कार्यक्रममा चैत्यदेवी सिंह, अशोक शर्मा, बद्री पङ्गेनी, पल शाह, जितु नेपाल, सुरक्ष्या पन्त, नरेन्द्र महर्जन, उत्तम केसी, अरूणकुमार प्रधान, पुष्कर लामा, नारायण प्रधान, जनक कार्की, वसन्त थापालगायतको उपस्थिति रहेको थियो ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।