चिकित्सा, संस्कृति र समाजलाई जोड्ने व्यक्तित्व वरिष्ठ न्यूरोलोजिस्ट डा. मिश्रा

सञ्जय मिश्रा  । बनारस ८ जेठ। डा. विजय नाथ मिश्रा भारतको हिन्दु विश्व बिधालय अन्तर्गत रहेको चिकित्सा विज्ञान संस्थान (आईएमएस–बीएचयू) का वरिष्ठ न्यूरोलोजिस्टका रूपमा परिचित छन्।
स्नायु प्रणाली, मस्तिष्कघात मिर्गी (छारे रोग) तथा जटिल न्यूरोलोजिकल रोगहरूको उपचारमा लामो अनुभव हासिल गरेका मिश्रा पूर्वी उत्तरप्रदेश तथा नेपाल सीमावर्ती क्षेत्रका बिरामीमाझ विश्वासिलो चिकित्सक मानिन्छन्।

डा.मिश्रले विशेषगरी स्ट्रोकसम्बन्धी जनचेतना अभियानमा सक्रिय भूमिका खेल्दै आएका छन्। उनले ग्रामीण क्षेत्रसम्म पुगेर “समयमै उपचार गरे स्ट्रोक निको हुन सक्छ” भन्ने सन्देश फैलाउने काम गरेका थिए।
स्ट्रोक सचेतनामूलक “फिर वहि दिन ” नामक लघु फिल्म अन्तर्राष्ट्रिय स्तरसम्म चर्चामा आएको थियो। आई एमएस बी एचयु मा न्यूरोलोजी विभागको नेतृत्वसमेत सम्हालिसकेका उनले चिकित्सा सेवा, अनुसन्धान तथा नयाँ चिकित्सक उत्पादनमा महत्वपूर्ण योगदान दिएका छन्।
टाउको दुखाइ, पक्षघात, स्नायु कमजोरी, मिर्गी तथा पार्किन्सन्सजस्ता रोगको उपचारमा विशेष दक्ष मानिने डा. मिश्रा बनारससहित बिहार र नेपालका विभिन्न जिल्लाबाट आउने बिरामीहरूको भरोसायोग्य चिकित्सकका रूपमा स्थापित छन्।

चिकित्सा क्षेत्रसँगै सांस्कृतिक तथा सामाजिक चिन्तनमा समेत सक्रिय डा. मिश्रा हालै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वेदान्त वक्ता स्वामी कृष्ण कान्त, सुप्रसिद्ध हिन्दी लेखक तथा वातावरण चिन्तक यतिन्द्र नाथ चतुर्वेदी तथा आई एम एस बी एच यु कै जेरियाट्रिक मेडिसिन विभागका शैलेश तिवारी  सँग मध्यप्रदेशस्थित क्याम्प बानस  पुगेका थिए।

त्यहाँ उनीहरूले आसपासका गाउँहरूको जीवनशैली, हरियाली वन क्षेत्र र शान्त नदीको प्राकृतिक सौन्दर्यलाई नजिकबाट अनुभूति गरेका थिए। त्यसपछि टोलीले हथवार गाउँस्थित तुलसी मानस मन्दिरमा दर्शन तथा पूजाअर्चना गरेको बताइएको छ।

यसै क्रममा धार्मिक तथा सांस्कृतिक चेतनाबाट प्रेरित हुँदै रामचरितमानसमा आधारित भव्य ‘राम विवाह महोत्सव’ आयोजना गर्ने अवधारणा अघि सारिएको छ। प्रस्तावित महोत्सवमा देश–विदेशका कलाकार, प्रस्तुतकर्ता तथा दर्शकहरूको सहभागिता गराई भारतीय परम्परा, संस्कृति र सामूहिक चेतनालाई विश्वस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

स्थानीयवासीका अनुसार यस्तो महोत्सवले हथवार तथा संजय दुबरी टाइगर रिजर्भ क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थप्न सक्छ। यसबाट स्थानीय कलाकार, शिल्पकार, होमस्टे व्यवसाय, यातायात तथा खाद्य सेवामा रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।