बचतको सही सदुपयोगबारे तेजस्वी सहकारीले दियो सदस्यलाई प्रशिक्षण

विराटनगर । तेजस्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विराटनगर–५ त्रिमूर्ति चोकले सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । सहकारीका सदस्य तथा बचतकर्तालाई लक्षित गरी आयोजित कार्यक्रममा बचत तथा सहकारीसम्बन्धी विभिन्न विषयमा जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा बचतकर्तालाई सहकारीमा सुरक्षित र प्रभावकारी रूपमा कारोबार कसरी गर्ने, बचत रकमको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । साथै वर्तमान सहकारी ऐन, नियम तथा कानुनका विषयमा समेत विस्तृत जानकारी गराइएको आयोजकले जनाएको छ ।

सहकारीका अध्यक्ष देवी प्रसाद चुडालले संस्थाको वर्तमान अवस्था र प्रगतिबारे जानकारी दिँदै सहकारीमा हाल ७१८ जना शेयर सदस्य रहेको तथा कुल बचत रकम ९ करोड ५६ लाख रुपैयाँ पुगेको बताउनुभयो । उहाँले सदस्यको विश्वास र सहभागिताका कारण संस्था निरन्तर सुदृढ बन्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लेखा समिति संयोजक मणीराज प्रसाईं र सहकारीका सल्लाहकार केदार कार्कीले सहकारीको पारदर्शिता, उत्तरदायित्व तथा सदस्यको भूमिकाबारे धारणा राख्नुभएको थियो ।

सो कार्यक्रममा गोमा सापकोटा र टंक प्रसाद गौत्तमले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षकहरूले सहकारीमा सदस्यहरूको सक्रिय सहभागिता, नियमित बचत र वित्तीय अनुशासनले व्यक्तिगत तथा सामाजिक आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा सहभागी सदस्यहरूले सहकारीसम्बन्धी जिज्ञासा राखेका थिए भने प्रशिक्षकहरूले त्यसको समाधानसमेत गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖